ad ad

राजनीति


ओलीसँग वामदेवले भने- बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम गर्ने जिम्मेवारी दिनुस्

‘एकता राष्ट्रिय अभियानलाई एमालेमै मिलाइदिन्छु’
ओलीसँग वामदेवले भने- बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम गर्ने जिम्मेवारी दिनुस्

नेपालखबर
असार ३, २०८० आइतबार १६:१३, काठमाडौँ

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म काम गर्न पाउनेगरी एमालेमा जिम्मेवारी दिन सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। 

आइतबार दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालयमा ओलीसँगको भेटघाटका क्रममा ओलीले सो कुरा बताएका हुन्। 

‘बिहान उठेदेखि राती सुते बेलासम्म काम गर्न पाउनेगरी जिम्मेवारी दिनुस् भनेर भनेको छु,’ ओलीसँगको छलफलका विषय उदृत गर्दै गौतमले भने, ‘यो सबै व्यवस्थापन भयो भने म आउँछु।’

साथै, उनले आफूसँग भएको नेकपा एकता राष्ट्रिय अभियान भन्ने संगठन पनि एमालेमा एकीकरण गराइदिने ओलीलाई जानकारी गराएको बताए। 

‘अध्यक्षसँग नेकपा एकता राष्ट्रिय अभियान भन्ने संगठन म सँग छ त्यो ल्याएर मैले एमालेमा एकीकरण गराइदिन्छु मसहित। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ गर्नुस्। सोध्नुहुन्छ भने सोध्नुस्,’ गौतमले भने, ‘मलाई कुनैपनि नेताको सबैभन्दा ठूलो जिम्मेवारी कसको छ त्यो भन्दा कम जिम्मेवारी पाउनेगरी मलाई जिम्मेवारी नदिनुहोला।’

राष्ट्रियसभाका सदस्यसमेत रहेका उनले एमालेले ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि पुरानै पार्टीमा फर्किने सम्भावना बढेको यसअघि नै बताएका थिए। 

हालसम्म एमालेको सदस्यता त्यागिनसकेका उनले एमालेले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताएका थिए।

काठमाडौंमा भएको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष बन्दा प्यानलबाट उपाध्यक्ष बनेका नेकपाकालीन अवस्थामा असन्तुष्ट भएका थिए। 

नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीविरुद्ध उभिएका थिए।

त्यसपछि २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै वामदेवले एमालेमा रहेर काम गर्न चाहेनन्। उनले ओलीले एकलौटी गरेको भन्दै  एमालेका उपाध्यक्ष रहँदै  वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए।

अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए।

तर उनैले अहिले पार्टी सदस्यता नत्यागेको बरु नवीकरण गरिरहेको खुलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .