ad ad

राजनीति


समाजवादी मोर्चा घोषणाको तयारीमा रहेका ४ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

समाजवादी मोर्चा घोषणाको तयारीमा रहेका ४ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १०:३८, काठमाडौँ

समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार दलका शीर्ष नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन्। 

छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्।

यो खबर तयार पार्नुभन्दा एक घण्टा अघिदेखि उनीहरू प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरिरहेको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

‘प्रधानमन्त्रीसमेत चार दलका शीर्ष नेताहरूबीच समाजवादी मोर्चा घोषणाबारे छलफल भइरहेको छ’, स्रोतले भन्यो। 

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी यसै साता ६ दलको संयुक्त समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहे पनि जारी छलफलमा चार दलका शीर्ष नेता मात्र भेला भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .