ad ad

राजनीति


म घुस खाएर देश र जनतालाई धोका दिन्नँ : पर्यटनमन्त्री किराँती

म घुस खाएर देश र जनतालाई धोका दिन्नँ : पर्यटनमन्त्री किराँती

फाइल तस्बिर


नेपालखबर
असार २, २०८० शनिबार १३:२२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले घुस खाएर देश र जनतालाई धोका नदिने बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ शनिबार ललितपुरमा विमोचनको गर्दै मन्त्री किराँतीले जानीजानी नेपाली जनतालाई दुःख नदिने दाबी गरे।

‘म नियतले देश र जनतालाई धोका दिन्नँ’, किराँतीले भने, ‘घुस खाएर गल्ती गरेर धोका दिन्नँ।’ 

उनले निजी क्षेत्रलाइ हेलिप्याड बनाउन सैद्धान्तिक सहमति दिएको स्वीकार गरे।

नेपालको संविधानअनुसार वडा, पालिका, सीडीओ र गृह मन्त्रालयको स्वीकृत पत्रकै आधारमा आफूले मन्त्रालयबाट सहमति दिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .