ad ad

राजनीति


चीनमा ४ महिना उपचार गराएर फर्किए वर्षमान

चीनमा ४ महिना उपचार गराएर फर्किए वर्षमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका उपमहासचिव पुनलाई स्वागत गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ।


नेपालखबर
असार १, २०८० शुक्रबार ११:३७, काठमाडौँ

चीनमा चार महिना स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ शुक्रबार स्वदेश फर्किएका छन्। 

पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन्। 

पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन्। पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेता अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए। 

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको हो। 

अहिले उनी तन्दुरुस्त भएका छन्। 

यसअघि थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका पुनको स्वास्थ्यमा सुधार नआएपछि २०७८ मंसिरमा उनलाई एयर एम्बुलेन्समार्फत चीन लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .