संघीय संसद् सचिवालय कर्मचारी युनियनले संसद् सचिवालयमा कार्यरत कर्मचारीहरूको लामो समयदेखि श्रम शोषण भइरहेको आरोप लगाएको छ।
युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्वासेले आज (असार १ गते) विज्ञप्ति जारी गरी श्रम शोषणको विरोधमा शुक्रबार संसदीय समितिका बैठक ३० मिनेटपछि मात्र सुरु हुने जानकारी दिएका हुन्।
‘संघीय संसद् सचिवालयका कर्मचारीहरूले विगत लामो समयदेखि कार्यालय समयबाहेक बिहान ८:०० बजेदेखि समितिहरूका बैठक र दुवै सभाका बैठक राति १०:०० बजेसम्म निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको बेहोरा सबैमा जानकारी गराउदछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अहोरात्र खटाईलाई संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिई गम्भीर श्रम शोषण गरिरहेको हुनाले आजको संसदीय समितिको बैठक सांकेतिक रूपमा ३० मिनटपछि मात्र सुरु हुने बेहोरा अनुरोध गर्दछु।’
हेर्नुहोस् विज्ञप्ति–
Shares
प्रतिक्रिया