ad ad

बागमती


घाँटीमा लिचीको दाना अड्किएर ३ वर्षीय बालकको मृत्यु

सुनकोसी किनारमा भेटिएको शव कसको?
घाँटीमा लिचीको दाना अड्किएर ३ वर्षीय बालकको मृत्यु

नेपालखबर
असार १, २०८० शुक्रबार ९:०, सिन्धुली

सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु भएको छ। 

कमलामाई नगरपालिका–६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा गएराति लिचीको दाना अड्किएर मृत्यु भएको हो।

लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बालकको मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको बताए। 

यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोसी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। 

सुनकोसी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी ९ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .