ad ad

राजनीति


बालेनले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक छैन : कांग्रेस सांसद भण्डारी

बालेनले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक छैन : कांग्रेस सांसद भण्डारी

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले मेयर शाहले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको टिप्पणी गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकपछि संसल भवनमा सञ्चारकर्मीसँगको कुराकानी गर्दै उनले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिए।

‘शताब्दिऔँदेखि पश्चिमाहरु नेपालका विभिन्न भूभागमा बसेर हाम्रो सनातन संस्कार, संस्कृति र धर्म विरुद्धमा उनीहरु क्रियाशील थिए,’ उनले भने, ‘शताब्दिऔँ अघिदेखिको उनीहरुको हरेक प्रकारको योजनालाई उनीहरूले अगाडी बढाउँदै आज नेपालको मुल संविधानमा पनि धर्म निरपेक्षता शब्दको व्यवस्था गर्न सफल भएका छन्। अर्थात् यो गलत छ। यो देशको समग्र हितको पक्षमा छैन।’

त्यस्तै, उनले नेपाल धर्म निरपेक्ष हुनु देश हीतको पक्षमा नभएको बताए।

‘धर्म निरपेक्षता संविधानमा लेख्दैमा आम जनताले के पाए? हिन्दु राष्ट्र हुँदा आफ्नो पहिचान हुन्छ। पहिचान सबभन्दा ठूलो कुरा हो। बालेनजीले त्यो गर्नु आफैँमा एउटा उहाँको वैयक्तिक सोच हो। त्यसले सिंगो राष्ट्रियतालाई टेवा पुर्‍याइरहेको छैन,’ उनले भने, ‘त्यसले एउटा संकेत के गरिरहेको छ जनप्रतिनिधिहरुलाई भने, जनप्रतिनिधिहरु राष्ट्रका लागि गम्भिर बन है भनेर संकेत गरेको हुनसक्छ। उहाँले ग्रेटर नेपालको नक्शा राख्नु र उहाँको चर्चा, परिचर्चा हुनु त्यसको खासै तुक छैन। जबसम्म हामी एक भएर राष्ट्रको बारेमा भुमिका खेल्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .