नेकपा (एमाले) ले नेपालको असंलग्न परराष्ट्र नीतिबारे सरकारको धारणा माग गरेका छन्।
बैठकमा आकस्मिक समयमा सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले भने, 'नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ। पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ।'
सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताए। 'नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ। तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ”, उनले भने।
प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे। उनले भने, 'धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? यो संसद्लाई स्पष्ट पारियोस्।'
सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, 'के इपिजीको प्रतिवेदन प्रभुत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ।'
सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
Shares

प्रतिक्रिया