ad ad

राजनीति


प्रधानमन्त्रीले गरे दैलेखको दुल्लुमा कुल शिरोमणि दाशुको सालिक अनावरण

प्रधानमन्त्रीले गरे दैलेखको दुल्लुमा कुल शिरोमणि दाशुको सालिक अनावरण

नेपालखबर
जेठ ३१, २०८० बुधबार १९:१७, सुर्खेत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाशुको प्रतिमा अगाडि राष्ट्रको एकता र उन्नतीको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

साथै उनले देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छन्।

उनले १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमती भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताए।

प्रधानमन्त्रीले दैलेखको दुल्लू नगरपालिका–१२ दह गाउँमा बुधबार कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण गरेका छन्।

कार्यक्रममा बोल्दै उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको बताए।

मन्त्रिपरिषद्को पहिलो बैठकदेखिनै आर्थिक संकट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाई छ।

उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गरे।

प्रचण्ड आफ्नो दाहालहरुको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन्। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .