ad ad

राजनीति


दैलेख गए प्रधानमन्त्री प्रचण्ड

दैलेख गए प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
जेठ ३१, २०८० बुधबार १०:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) दैलेखको दुल्लु गएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार कूल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड दुल्लु गएका हुन्। 

तर उनी अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 
‘प्रधानमन्त्रीज्यू, दुल्लुमा पेट्रोलियम पदार्थको खानीबारे सम्भाव्यता बुझ्न, महेन्द्र संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह तथा पार्टी प्रशिक्षणका लागि पनि दुल्लु जानुभएको हो’, उनले भने। 

दुल्लु नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदि भूमि मानिन्छ। कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिमा अनावरण गर्ने कार्यक्रम छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .