ad ad

राजनीति


ओमनका सुल्तानलाई भेटेर ऊर्जामन्त्री पुनले व्यक्त गरे समवेदना

ओमनका सुल्तानलाई भेटेर ऊर्जामन्त्री पुनले व्यक्त गरे समवेदना

नेपालखबर
पुस २९, २०७६ मंगलबार ५:३४,

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका सरकारका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) को १० औं साधारणसभामा सहभागी हुन यूएईको अबुधाबी पुगेका मन्त्री पुनले त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन्। मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर पूर्व सुल्तानको निधनमा समवेदना प्रकट गरेका हुन्।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदना पत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरेका थिए।

भेटका अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरेका थिए। त्यसका साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए।

समवेदान प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्री पुनका सचिवालय प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .