ad ad

राजनीति


गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि नहट्न सांसद तामाङको आग्रह

गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि नहट्न सांसद तामाङको आग्रह

नेपालखबर
जेठ २९, २०८० सोमबार १४:५३, काठमाडौँ

नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने बताएका छन्।

राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

पाँच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शय्याको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे।

आइतबार प्रतिनिधि सभामा धारणा राख्दै सांसद तामाङले कञ्चनपुरमा वर्षौंदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न सरकारले ध्यान नदिएको गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .