ad ad

राजनीति


आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौं : सांसद गिरी

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौं : सांसद गिरी

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए।

तत्कालिन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरुलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए।

आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उनको भनाई छ।

उउनले भने, ‘यो मुलुकमा सधैँ बजेट भाषणहरू बेलुका ४ बजे हुने। के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ। किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने,’ सांसद गिरीले भने, ‘चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने। कारण के रहेछ भनेर मैले यसो हेरेँ। जतिबेला भारतमा ब्रिटिश इन्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिदोँ रहेछ।’

इंल्याण्डमा बिहानको १० बज्ने भएर यहाँ ४ बजे बजेट भाषण गर्ने गरिएको उनले संसदमा बताए। 

‘कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ। त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिशहरुलाई सुन्नु जरुरी रहेछ। त्यो कारणले चलेको चलन यद्यपी नेपालमा चार बजे आयो,’ उनले भने, ‘त्यो सुधार्नुपर्‍यो। म सबै सरकार पक्षिय, प्रतिपक्ष सबैलाई भन्छु। अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो।’

उनले जो अर्थमन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरुको न्युनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताए। 

उनले सांसदहरुको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिए। 

उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पु¥याइदिएको भन्दै शाहलाई सलाम अर्पण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .