ad ad

राजनीति


प्रधानमन्त्रीले भने : भारतीय संसद्‍मा राखिएको नक्साबारे दिल्लीमा कुरा उठाएँ

प्रधानमन्त्रीले भने : भारतीय संसद्‍मा राखिएको नक्साबारे दिल्लीमा कुरा उठाएँ

राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २४, २०८० बुधबार १२:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नयाँ संसद्‍मा राखिएको अखण्ड भारतसम्बन्धी नक्साबारे आफूले कुरा उठाएको बताएका छन्। 

‘भारतीय संसद्‍मा राखिएको नयाँ नक्साबारे कुरा भएको छ। मैले धेरै अध्ययन नगरे पनि नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट राखेको छु’, उनले भने, ‘तर भारतीय पक्षले जवाफमा यो कुनै राजनीतिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक कोणबाट नहेरौँ भन्ने जवाफ आएको छ।’

उनले आफूले यसबारेमा भारतीय पक्षमा कुरा राखेको जवाफ यसअघि नै प्रतिनिधिसभामा पनि दिइसकेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .