ad ad

राजनीति


प्रधानमन्त्रीलाई प्रश्न : भारतीय संसद्‍‍मा राखिएको नक्साबारे नेपालले कहिले स्पष्टीकरण सोध्छ?

प्रधानमन्त्रीलाई प्रश्न : भारतीय संसद्‍‍मा राखिएको नक्साबारे नेपालले कहिले स्पष्टीकरण सोध्छ?

नेपालखबर
जेठ २४, २०८० बुधबार १२:१५, काठमाडौँ

भारतीय संसद्‍मा हालै नेपालका केही भूगोलसमेत उल्लेख गरेर राखिएको नक्साबारे राष्ट्रियसभामा प्रश्न उठेको छ।

जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि राष्ट्रियसभा सदस्यहरुले प्रश्न गरेका हुन्। 

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले भारतको संसद्मा राखिएको अखण्ड भारतको नक्सालाई लिएर प्रधानमन्त्रीसँग प्रश्न उठाएका हुन्। 

‘भारतीय संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको भूभाग पनि समेटिएको छ’, उनले भने, ‘त्यो नक्सामा बंगलादेशको भूभाग पनि राखिएपछि उसले भारतलाई स्पष्टीकरण सोध्दैछ। नेपालले यसबारेमा कहिले स्पष्टीकरण सोध्छ? किन नेपालले भारतसँग जवाफ माग्दैन?’

सांसद राईले लक्ष्मणपुर बाँधले नेपाली भूभाग डुबान परेकोबारे प्रधानमन्त्रीले भारतसँग केही कुरा राखे नराखेकोबारे पनि प्रधानमन्त्रीलाई प्रश्न गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .