मंगलबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक साढे २ घण्टा सारिएको छ। बैठक दिउँसो १:३० बजेका लागि तय गरिएको संघीय संसद्का महासचिव भरतराम गौतमले जानकारी दिए।
बैठक सारिनुको कारण भने संसद्ले खुलाएको छैन।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबारेको छलफल जारी रहनेछ।
प्रतिक्रिया