ad ad

राजनीति


सञ्चारमन्त्री शर्मासँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने

सञ्चारमन्त्री शर्मासँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने

नेपालखबर
जेठ २३, २०८० मंगलबार १२:१३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ। 

मन्त्रालयबाट हुने कार्य सम्पादन प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनाना सहज रूपमा सुन्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट  https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद गर्न सकिने छ। सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासा वा सुझाव दिन सकिने जनाइएको छ। 

यसले देशका जुनसुकै कुनाबाट पनि नागरिकका गुनासा र सुझाव सहजै प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ।

‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरूको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्’, मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो।’

मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकायसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिक रूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। ‘सकेसम्म त्यस्ता सुझाव वा गुनासा मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्बोधन गर्न सजिलो हुनेछ’, प्रवक्ता सुवेदी भने, ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .