प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मुर्रा जातको भैंसी ल्याउने विषयमा आफूलाई अनावश्यक जोडिएको गुनासो गरेका छन्।
जेठ १७ गतेदेखि २१ सम्म भएको भारत भ्रमणबारेमा सोमबार बसेको प्रतिनिधिसभामा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भारतबाट भैंसी ल्याउने कुरा अहिले नभएको बताए। ‘भैंसीको कुरा अहिले भएको कुरा होइन। आजभन्दा सात वर्षअघि नै मुर्सा भैंसी ल्याउने सहमति भएको छ’, उनले भने, ‘तर अहिले मान्छेले मलाई भैंसीमा चढाएर हिँडे। ल्याउन लागिएका मुर्रा जातको राँगा हुन्। तीबारे मलाई विवादमा जोडियो।’
उनले यस पटकको भारत भ्रमण विगतको भन्दा फरक र उपलब्धिमुलक रहेको बताउँदै राष्ट्रले गर्व गर्नुपर्ने टिप्पणी गरे।
189
Shares

प्रतिक्रिया