ad ad

राजनीति


प्रचण्डप्रति संग्रौलाको टिप्पणी : पुष्पकमल दाहाल हुन बाँकी अब एउटै कुरा छ- राजावादी

प्रचण्डप्रति संग्रौलाको टिप्पणी : पुष्पकमल दाहाल हुन बाँकी अब एउटै कुरा छ- राजावादी

अरूसँगै गेरुवस्त्र धारण गरी पूजा गर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
जेठ २०, २०८० शनिबार १०:५१, काठमाडौँ

बुधबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ मन्दिरको दर्शन र पूजापाठ गर्दै गेरुवस्त्र लगाएपछि खासगरी कम्युनिस्ट कित्ताका मानिसले कडा आलोचना गरिरहेका छन्। 

भ्रमणको सिलसिलामा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिर पुगेका थिए। जहाँ उनले भ्रमण टोलीमा रहेका पाँच मन्त्रीसँगै ‘गेरुवस्त्र’ लगाई पूजापाठ गरेका थिए।

त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

द्वन्द्वात्मक भौतिकवादी (कम्युनिस्ट) भएर पनि धर्मकर्मप्रति आशक्त भएको भन्दै उनको आलोचना भइरहेको हो। 

यस क्रममा वाम चिन्तक/विश्लेषकसमेत रहेका लेखक खगेन्द्र संग्रौलाले पनि प्रधानमन्त्री प्रचण्डविरुद्ध कडा कटाक्ष गरेका छन्। 

नागरिक अगुवासमेत रहेका उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पुष्पकमल दाहाल हुन बाँकी अब  एउटै कुरा छ। राजावादी!’

भारतको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज (शनिबार) स्वदेश फर्किंदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .