ad ad

राजनीति


‘गेरुवस्त्रधारी’ प्रचण्डलाई बाबुरामको प्रश्न- देश कता जाँदैछ?

‘गेरुवस्त्रधारी’ प्रचण्डलाई बाबुरामको प्रश्न- देश कता जाँदैछ?

नेपालखबर
जेठ २०, २०८० शनिबार ७:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको 'गेरुवस्त्र'को तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि टिप्पणी गरेका छन्।

१० वर्षे जनयुद्धका सहकर्मी समेत रहेका भट्टराईले उक्त तस्बिर राख्दै प्रचण्डलाई प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'हामी कता जाँदैछौँ, देश कता जाँदैछ?' उनले प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउँद, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको तस्बिर पनि राखेका छन्।

प्रधामन्त्रीसहित भारत भ्रमणमा रहेका पाँचै मन्त्रीले शुक्रबार भारतको मध्य प्रदेशस्थित उज्जैनमा रहेको महाकाल मन्दिरको दर्शन गरेका थिए। त्यहाँ उनीहरू 'गेरुवस्त्र' धारण  गरी पूजापाठ गरेका थिए।

धर्मको विरोध गर्दै उदाएको माओवादीका अध्यक्ष प्रचण्डले मन्दिरमा पूजा गर्नुका साथै नेपालबाट लगिएको १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ चढाएका थिए।

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको भैँसी पूजा गरेको तस्बिर सार्वजनिक भएको थियो। त्यसयता धार्मिक आस्था प्रचण्डमा बढेको उनको अभिव्यक्तिमार्फत् देखिए पनि प्रचण्डको 'गेरुवस्त्रधारी अवतार' सार्वजनिक भएको यो पहिलोपटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .