सन् २०२३ को पहिलो पाँच पाँच महिनामा एक करोडभन्दा बढी पर्यटकले हङकङ भ्रमण गरेका छन्।
शुक्रबार जारी नयाँ तथ्यांकअनुसार कोरोना महामारी सुरु भएपछि यो सबैभन्दा धेरै हो।
सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी)ले जनाएको छ।
एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको संख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ।
चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिंकको प्रयोग गर्ने गरेका छन्। पर्यटकमध्ये २० प्रतिशत रेलमार्फत् पुगेको देखिन्छ।
एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तरार्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ।
प्रतिक्रिया