ad ad

राजनीति


हैदरावाद हाउसमा प्रचण्ड र मोदीका तीन पोज

हैदरावाद हाउसमा प्रचण्ड र मोदीका तीन पोज

भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सञ्जीव बर्मा


नेपालखबर
जेठ १८, २०८० बिहिबार ११:५४, काठमाडौँ

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

हैदराबाद हाउसमा सुरुमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तापछि दुई नेताबीच अलग्गै वार्ता भएको हो। 

सामूहिक वार्तापछि दुई समकक्षीबीच 'वन टु वन' वार्ता भइरहेको छ। 

उक्त भेटवार्ताका क्रममा हैदरावाद हाउसमा दुईजनाले फोटोसमेत खिचाएका छन्। हैदरावाद हाउसमा दुई नेता मुस्कुराउँदै गरेका तस्बिर सार्वजनिक भएका छन्। 

यो वार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्। 

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .