ad ad

राजनीति


मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग प्रधानमन्त्रीको भेटवार्ता

मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग प्रधानमन्त्रीको भेटवार्ता

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ १७, २०८० बुधबार १८:४२, काठमाडौँ

चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेटेका छन्।

बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गरेका उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लाखेले स्वागत गरेकी थिइन्।

त्यसपछि निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग प्रचण्डको भेटवार्ता भएको हो।

दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .