ad ad

राजनीति


नागरिकता विधेयकबारे योगेश : राष्ट्रपतिले संविधानमाथि आक्रमण गरे

नागरिकता विधेयकबारे योगेश : राष्ट्रपतिले संविधानमाथि आक्रमण गरे

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १४:३७, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको घोर उलंघन गरेको बताएका छन्।

एक वर्षदेखि शीतल निवासमा थन्किएको नागरिकता विधेयकलाई पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्किएकै दिन प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्षी नेताको यस्तो प्रतिक्रिया आएको हो। 

उने अघिल्लो संसद्को कार्यकालमा उत्पति भएको विधेयक नयाँ संसद् आएसँगै  निष्क्रिय भएको अवस्थामा प्रमाणीकरण गरिनु संविधानको घोर उलंघन भनेका छन्। 

‘अघिल्लो संसद्‍को कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद् आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उलंघन गर्नु भएको छ’, उनले भनेका छन्, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो। संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो।’

उनले प्रमाणीकणसम्बन्धी विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ उल्लेख गरे पनि विधेयक प्रमाणीकरणको विषय संविधानको धारा १११ र ११३ अनुसार मात्रै हुने पनि उनले बताएका छन्। 

‘नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र?’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .