राजनीति


रवि लामिछाने भन्छन् : नागरिकता विधेयक प्रमाणीकरण संसदीय मान्यता र राष्ट्रहितविपरीत

रवि लामिछाने भन्छन् : नागरिकता विधेयक प्रमाणीकरण संसदीय मान्यता र राष्ट्रहितविपरीत

नेपालखबर
जेठ १७, २०८० बुधबार १४:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा असन्तुष्टि जनाएका छन्। 

सामाजिक सञ्जालमा बुधबार स्ट्याटस लेख्दै उनले संसदमा छलफल नै नगराई सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु लोकतान्त्रिक संसदीय मूल्य मान्यताविपरित भएको बताए। 

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नै नगराई यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, संसदीय मूल्य र मान्यता र राष्ट्रहित विपरित छ’ उनले लेखेका छन्।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा थन्क्याएर राखेको नागरिकता विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .