ad ad

राजनीति


बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

नेपालखबर
जेठ १५, २०८० सोमबार २२:७, काठमाडौँ

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन्। 

उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए। 

उनले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेको बताए। उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए। 

अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाईबाट समाधान दिनुपर्ने थियो त्यस हिसावले बजेट आउन नसकेको पौडेलले बताए।

‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन। चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन,’ पौडेलले भने, ‘आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन। अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाईबाट समाधान दिनुपर्ने थियो। त्यस हिसाबले बजेट आएको छैन।’

उनले बजेट कार्यान्वयन हुने कुनै सम्भावना नरहेको दाबी गरे। ‘राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दानक अवस्था छ। सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन।’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने,

उनले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दानक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .