राजनीति


गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले भेटे गृहमन्त्री

गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले भेटे गृहमन्त्री

नेपालखबर
जेठ १४, २०८० आइतबार १८:४६, काठमाडौँ

गौर हत्याकाण्डका पीडित परिवारले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष दोषीलाई कारबाही गर्नुपर्ने माग रोखेका छन्। 

आइतबार सिंहदरबारमा गृहमन्त्री श्रेष्ठलाई भेट्दै मृतकका परिवारहरूले न्याय दिलाउन आग्रह गरेका हुन्। पीडित परिवारले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी पनि अघि बढाएका छन्। 

उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै सर्वोच्चमा मुद्दा हाल्ने तयारी गरेका हुन्। 

आज (आइतबार) नै मुद्दा दर्ताको तयारी भएपनि अन्ततः फाइल तयार हुन ढिलाई भएपछि पर्सीमात्र मुद्दा दर्ता हुने भएको हो। 

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गरी सर्वोच्चमा मुद्दा हाल्न लागिएको उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले जानकारी दिइन्।

रूपसागरदेवीका अनुसार मुद्दा हाल्न विभिन्न जिल्लाबाट चारजना पीडित काठमाडौं आएका छन्। रूपसागरदेवी भने पहिलेदेखि काठमाडौंमै बसिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .