नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र राष्ट्रपतिको कुरा बाझिएको भन्दै संसदमा ‘तिरिमिरी’ पार्ने कुरा भएको टिप्पणी गरेका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रममाथि प्रश्न गर्दै सांसद थापाले राष्ट्रपतिले देशको अवस्था राम्रो भएको भनेको र प्रधानमन्त्रीले संकट रहेको भन्दै कुन ठिक भन्दै प्रश्न गरे।
‘प्रधानमन्त्रीज्यूले रोष्टममा पुगेर पनि मेरो प्रश्नको जवाफ दिनुभएन। राष्ट्रपतिज्यूले एकदम राम्रो भएको छ भनेर बुँदा नम्बर ५ मा लेखिएको कुरा वाचन गर्नुभयो,’ सांसद थापाको प्रश्न थियो, ‘प्रधानमन्त्रीज्यूले एकदमै संकट छ सबै मिलेर अघि बढौं भन्नुभयो, कु चाहीँ ठिक हो कुन होइन?’
उनले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउँदै गायिक रेखा शर्माको गीत समेत स्मरण गरे।
‘यो अलि तिरिमिरी पार्ने कुरा गर्नुभयो। उहाँले स्वीकारोक्ति राख्नुभएको छ, यो सरकारले ल्याएको नीति कार्यक्रम मौलिक पनि हो रिमिक्स पनि हो भन्नुभएको छ,,’ सांसद थापाले भने, ‘मैले कति मात्र भन्छु भने, रेखा शाहले एउटा गित गाउनुभएको छ, सिमसिमे पानीमा ज्यानले बेइमान गर्यो कि जीन्दगानीमा...। यही गीत गाउँदै फिर्ता नलिने जानकारी गराउन चाहन्छु धन्यवाद।’
भिडिओ:
Shares

प्रतिक्रिया