पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को १९औं स्मृति दिवसका अवसरमा आज (जेठ १३ गते) नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै छ।
प्रेस सेन्टरको केन्द्रीय समितिले साँखुमा आयोजना गर्ने कार्यक्रम माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान साढे ९ बजेतिर उद्घाटन गर्ने आयोजकले जनाएको छ।
पत्रकार कृष्ण सेना ‘इच्छुक’को स्मृतिका अवसरमा पुरस्कार वितरणलगायतको कार्यक्रम गरिने प्रेस सेन्टर नेपालले जनाएको छ।
माओवादी विद्रोहका क्रममा संकटकालका बेला २०५९ जेठ ६ गते काठमाडौंबाट तत्कालीन राज्य पक्षबाट समातिएका सेनको त्यही सालको जेठ १३ गते निधन भएको थियो। जनआस्था साप्ताहिकले २०५९ असार १२ गते कृष्ण सेनको निधन भएको खबर छापेको थियो।
२०३२ सालदेखि कविता प्रकाशन गर्न थालेका कृष्ण सेनले साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) र प्रेस सेनानी पुरस्कार (२०६५) पाएका थिए।
प्रतिक्रिया