सिंहरदरबारमा अहिले सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ।
प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र अध्यक्ष केपी शर्मा ओलीलगायत प्रमुख प्रतिपक्षी एमालेका नेताबीच छलफल भइरहेको हो।
बैठकमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेबाट प्रमुख सचेतक पदम गिरी पनि सहभागी छन्।
पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
आफ्ना अध्यक्ष ओलीलाई माओवादी केन्द्रका सांसदले संसद्मै भ्रष्टाचारको आरोप लगाएपछि त्यस विषयमा स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडानमा एमाले छ। सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको हो।
प्रतिक्रिया