ad ad

राजनीति


शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

नेपालखबर
जेठ १२, २०८० शुक्रबार २१:१५, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन्।

एमाले  पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बर्ताए।

‘एमाले यस्ता कुरामा संलग्न छैन। एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ’, उनले भने, ‘एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ। तर एमालेलाई बदनाम गर्न खोजियो।’

उनले एमाले विरुद्ध संसद्मा आधारहिन, असत्य  र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए। ‘संसद्मा बोलेका कुराको पुष्टि हुनुप¥यो। पुष्टि हुने सम्भावना छैन’, उनले भने।

अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फि घेराबन्दीमा परेको बताए। ‘नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन्। अहिले यसमा को संलग्न छ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न’, उनले भने, ‘तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। ‘मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ’, उनले भने, ‘एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन्।’

उनले आफू माथि भौतिक आक्रमण हुँदा सरकारले आक्रमण गर्नेलाई कारबाही नगरेको आरोप लगाएए। उनले स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रतिनिधि जस्तो भएर काम गर्न आग्रह गरे। ‘आचरण, बानी, व्यवहार, शैली सबै कुरा एमाले जस्तो अगाडि बढ्न आग्रह गर्दछु’, उनले भने, ‘कामले सफलता हामीले  सफलता हासिल गर्नुपर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .