राजनीति


एमालेले गरेको संसद अवरोध हटाउन सभामुखले गरे मुख्य चार दलसँग छलफल

एमालेले गरेको संसद अवरोध हटाउन सभामुखले गरे मुख्य चार दलसँग छलफल

सभामुख देवराज घिमिरे।


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १४:३८, काठमाडौँ

नेकपा एमालेको अवरोधको कारण अवरुद्ध संसद बैठक खुलाउन सभामुख देवराज घिमिरेले संसदमा रहेका मुख्य चार दलका प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेका छन्।

एमालेको अवरोधपछि बैठक स्थगित गरेर सभामुख मुख्य ४ दलहरुसँग छलफलमा जुटेका हुन्। 

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको सवालमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ। सोही कारण पनि आज संसद बैठक चलाउन सभामुखले छलफल गरिरहेका छन्। सभामुखसँगको पहिलो चरणको छलफल सकिएपछि अहिले दलभित्र आन्तरिक सल्लाह भइरहेको छ।

फेरि संयुक्त बैठकबाट समाधान निकालेर प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम अघि बढाउने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।

‘आज छलफल नगरे अब भ्याइँदैन, पर्सी आइतबार २ वटा कार्यक्रम तय भइसकेको छ, १५ गते बजेट कार्यक्रम रहेकोले सभामुखले संसद सुचारु गर्ने प्रयास गरिरहनुभएको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘प्रमुख प्रतिपक्षीलाई पनि मान्य हुने गरी अघि बढिन्छ।’

यसअघिको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको छानवीन गर्नुपर्ने माग गरेका थिए।

उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।

एमालेको निरन्तरको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक अझै सुचारू हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .