ad ad

राजनीति


एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १३:३१, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन्।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन्। उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ। हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यही अनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ। आफ्ना आफ्ना कुरा राख्न मिल्छन्। यसलाई व्यवस्थित रुपमा लगियोस्। यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर बिरोध गरिरहेका एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका छन्।

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .