सेना प्रमुख मुकुन्द नरवानेले शनिबार भनेका थिए,‘संसदीय संकल्पअनुसार पुरा जम्मु कस्मिर भारतको हिस्सा हो। यदी भारत त्यो भूमि चाहन्छ भने हामी आदेश पर्खिरहेका छौं। हामी त्यहाँ कारवाही गरेर भूमि फर्ता ल्याउन तयार छौं।’
नरवानेले आदेश आएमा पाकिस्तानको कस्मिरमा आक्रमण गर्ने भनेपछि पाकिस्तानले त्यसको जवाफ फर्काएको छ।
पाकिस्तानी सेनाले आफूहरु भारतसँग भिड्न तयार भएको बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ताले भारतको कुनैपनि आक्रमणको जवाफ दिन पाकिस्तानी सेना तयार भएको बताएका छन्।
पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीटमा भनेका छन्,‘भारतीय सेनाका प्रमुखले दिएको प्रतिक्रिया मात्र बयानबाजी हो। देशमा चलेको आन्तरिक उथल–पुथलबाट मानिसको ध्यान हटाउन मात्र उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन्।’ बीबीसीहिन्दी
3
Shares

प्रतिक्रिया