माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी किसान कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
उक्त किसान कार्डअन्तर्गत किसानहरुले ४ लाखसम्मको कृषि कर्जा किसान कार्डमार्पmत प्राप्त गर्नेछन्। पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ।
सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रक्रिया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु लगायत १ सय ३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर १ सय ७२ वटा एटीएमहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
Shares

प्रतिक्रिया