ad ad

राजनीति


जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

फाइल तस्बिर : जनमत पार्टीका अध्यक्ष सीके राउत


नेपालखबर
जेठ ९, २०८० मंगलबार ८:११, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

यही जेठ १२ गतेका लागि बैठक बोलाइएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए। 

‘जेठ १२ गते बिहान ७ बजेदेखि कोटेश्वरस्थित होटल तपोवनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ’, मंगलबार बिहान नेपालखबरसँग उनले भने। 

बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्ने उनले बताए। केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन। मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ।  

उनका अनुसार बैठकमा चुनावी समीक्षा पनि हुनेछ। गत वैशाख १० गते बारा २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिए पनि हारेको थियो। 

यस्तै बैठकमा पार्टीका संगठनसम्बन्धी एजेन्डा पनि रहेको नेता साहले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .