ad ad

राजनीति


नीति तथा कार्यक्रम पुनर्लेखन गर्न आवश्यक : लिङदेन

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न आवश्यक : लिङदेन

नेपालखबर
जेठ ८, २०८० सोमबार १४:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन्।

अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क थियो।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दाबी गरे।

उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकीर गरे। देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङदेनले बताउ।

उनले भने, ‘यसले समस्याहरु पहिचान गर्न सकेको छैन। प्राथमिकता छुट्टयाउन खोजेकै छैन। अथवा हाम्रा प्राथमिकता के हुन? त्यसलाई प्रष्ट पार्न सकेको छैन। र, छलफल गर्नुपर्ने प्रशस्त विषयहरु छन्। हामीले ल्यायौं, हामीसँग बहुमत छ। पास गर्छौं। ताली ठटाएर पास गर्छौ। त्यो भन्न पाउनु हुन्छ। पास गर्न पाउनु हुन्छ। र, मैल अस्ती भर्खरै पनि भनेको थिएँ–देश तपाईको मात्रै होइन। सरकारमा बस्नेको मात्र होइन।’

अध्यक्ष लिङदेनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए। देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो? भनि उनले सरकारलाई प्रश्न पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .