ad ad

राजनीति


संसद्‌मा फेरि उठ्यो गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने प्रसंग

संसद्‌मा फेरि उठ्यो गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने प्रसंग

नेपालखबर
जेठ ७, २०८० आइतबार १६:१०, काठमाडौँ

४ वर्षअघि संसद्‌मा विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने कुरा उठाए। त्यसयता संसद्‌मै गाँजा खेतीबारे बेलाबखत बहस हुँदै आएको छ।

यसअघिको संसद्‌मा सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभामा पहिलो पटक गैर सरकारी विधेयक दर्ता गरे। उनले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६’ दर्ता गरेका थिए। तर अझै नेपालमा गाँजा खेतीलाई कानूनी मान्यता दिइएको छैन।

आइतबारको संसद्‌मा फेरि गाँजा खेतीलाई मान्यता दिनुपर्ने प्रसंग उठेको छ।

नेकपा एमालेकी सांसद भगवती चौधरीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बसेको संसद् बैठकमा सुर्ती र गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। उनले अर्थतन्त्र उधोगतिमा रहेको यस्तो अवस्थामा दुर्लभ र औषधिजन्य गुण भएको तमाखु र गाँजा खेती गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताइन्।

'आधुनिक खेतीको कुरा नीति तथा कार्यक्रममा उठेको छ, धेरै माननीयले संसद्‌मा पहिले पनि यो प्रसंग उठाउनुभएको छ। जडिबुटी खेतीमा  दुर्लभ र औषधिजन्य जडिबुटी, सुर्ती र गाँजा खेतीमा सहजता किन नअपनाउने?' उनले भनिन्।

अन्य धेरै देशले पनि गाँजा र सुर्ती खेतीलाई मान्यता दिएकाले राजश्वमा ठूलो योगदान गर्नसक्ने सुर्ती खेतीलाई मान्यता दिनुपर्ने बताइन्।

उनले पछिल्लो समय ३०-३५ उद्योग बन्द भइसकेकाले तिनलाई खोल्न पनि सरकारले ध्यान दिनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .