ad ad

राजनीति


राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखबर
जेठ ७, २०८० आइतबार ९:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ। पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ।

यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .