नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासी नेकपा एमालेमा प्रवेश गेरेका छन्।
महासचिव शंकर पोखरेलले शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई एमाले प्रवे्श गराएका हुन्।
उनीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे लगायतका नेताहरू एमाले प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको प्रतिक्रिया दिए।
150
Shares
प्रतिक्रिया