ad ad

बागमती


९ महिनामा मकवानपुर ट्राफिकद्वारा झण्डै साढे २ करोड राजश्व संकलन

९ महिनामा मकवानपुर ट्राफिकद्वारा झण्डै साढे २ करोड राजश्व संकलन

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८० शनिबार १६:१६, काठमाडौँ

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ४५ लाख ८९ हजार पाँच सय राजश्व संकल गरेको छ। 

चालु आर्थिक बर्षको साउनदेखि चैत्र महिनासम्मको अवधिमा झण्डै साढे दुई करोड बराबरको राजस्व संकलन गरेको हो । 

ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सबै भन्दा धेरै चैत्र महिनामा धेरै राजश्व संकलन गरेको छ।

चैत्र महिनामा मात्र ४ हजार २ सय ५० सवारी कारबाही मार्फत ३० लाख ९२ हजार राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले बताए।

चैत्र महिनामा मात्र ८ सय ३८ वटा ट्रकमार्फत ६ लाख ६६ हजार, ४ सय ६० वटा बसमार्फत ३ लाख ४३ हजार,९ सय २७ कार, जीप, भ्यान मार्फत ७ लाख १३ हजार,  एक सय ३३ टेक्टर मार्फत ९२ हजार पाँच सय, १ हजार २ सय ५० मोटरसाईकल मार्फत ८ लाख ६८ हजार,टेम्पो तथा अन्य ६ सय ४२ सवारी साधन मार्फत  ४ लाख ९ हजार पाँच सय राजश्व संकलन भएको तथ्यांक छ।

जसमा साउन महिनामा ७ सय ६४ सवारी साधन कारबाहीमा परेको र २४ लाख ६ हजार पाँच सय राजश्व संकलन ट्राफिक तथ्याङ्कमा छ।

भाद्र महिनामा ५ सय ७६ सवारी साधन कारबाहीबाट २४ लाख ४९ हजार राजश्व संकलन भएको थियो भने यस्तै असोज महिनामा ५ सय ५३ सवारी साधन कारवाहीबाट २५ लाख ५७ हजार, कात्तिक महिनामा ६ सय ४९ सवारी कारवाहीबाट २९ लाख ७५ पाँच सय राजश्व संकलन गरिएको ट्राफिक प्रमुख आचार्यले बताए।

त्यस्तै, मंसिर महिनामा ५ सय २९ सवारी साधन कारवाहीबाट २२ लाख ५२ हजार पाँच सय, पुस महिनामा ६ सय ५८ सवारी कारबाहीबाट २९ लाख १० हजार, माघ महिनामा ५ सय ९७ सवारी कारबाहीबाट ३० लाख ४७ हजार पाँच सय ,फागुन महिनामा ६ सय ४२ सवारी कारबाहीबाट २७ लाख ९९ हजार पाँचसय राजश्व संकलन भएको छ।

गत वर्ष श्रावण देखी चैत्र सम्म ३२ हजार ८९ सवारी कारबाहीबाट २ करोड ४५ लाख ८९ हजार पाँच सय राजश्व संकल गर्न सफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .