ad ad

राजनीति


चार पदाधिकारीसहित माओवादी केन्द्रको टोली चीन प्रस्थान

चार पदाधिकारीसहित माओवादी केन्द्रको टोली चीन प्रस्थान

भ्रमण टोली


नेपालखबर
जेठ ५, २०८० शुक्रबार ११:१२, काठमाडौँ

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका छन्। 

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दु प्रस्थान गरेका हुन्। 

भ्रमण दलका सदस्य जीपी मैनालीका अनुसार भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। साथै पार्टीका प्रदेश अध्यक्षहरूसहित केन्द्रीय नेताहरू पनि भ्रमणमा संलग्न छन्।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .