ad ad

राजनीति


सरकार कुहिराको कागजस्तो दिशाहीन अवस्थामा छ : सांसद गिरी

सरकार कुहिराको कागजस्तो दिशाहीन अवस्थामा छ : सांसद गिरी

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:१७, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन्। 

‘प्रश्नोत्तरको सवालमा जुन गम्भिरताको साथ, जुन महत्वका साथ जसरी माननीयहरूले प्रश्न उठाउनुभयो प्रधानमन्त्रीज्यूबाट त्यही हिसाबले प्रश्नको उत्तर आएन,’ उनले भने।

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उनले बताए। मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाई छ। 

‘एउटा औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ। आउने प्रश्नोत्तरहरुमा अझै धेरै तयारी गरेर र योजनाका साथ यस्ता प्रश्नोत्तरमा उहाँहरु सहभागि हुनुपर्छ भन्ने म ठान्छ,’ उनले भने, ‘अहिले मुलुकमा आर्थिक मन्दी छ। आर्थिक संकट गहिरिँदो छ। यो समस्याको समाधान गर्नका लागि सरकारका ठोस योजनाहरु के हुन् त भनेर जुन हामीले एउटा प्रश्न थियो त्यो प्रश्नको पनि चित्तबुझ्दो ढंगले जवाफ आएन।’

सरकार कुहिरोको कागजस्तो दिशाहीन अवस्थामा रहेको उनले बताए।

प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने पनि बताए।

‘सरकार कुहिरोको काग जस्तो छ। अहिलेपनि दिशाहीन स्थितिमा छ।अहिलेपनि धेरै इस्युहरुमा प्रष्ट हुन सकिराखेको छैन,’ उनले भने, ‘भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन। रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुप¥यो। अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन। आयातलाई प्रतिस्थापन गर्नेखालका क्षेत्रहरुमा लगानी बढाउनु प¥यो। क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .