राजनीति


राजेन्द्र लिङ्देनको आरोप : जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो

राजेन्द्र लिङ्देनको आरोप : जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १६:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।

बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सो आरोप लगाएका हुन्। 

उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। उनले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताए।

‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलिय सहमति देखिएको छ। यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ,’ उनले भने, ‘भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ। आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन।’

उनले नक्कली भूटानी शरणार्थी  प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताए। यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको पनि उनले बताए।

‘विश्व जगतमा नेपालको बद्नाम भएको छ। नेपालको शिर झुक्ने काम भएको छ। यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ,’ उनले भने, ‘यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ। यो भ्रष्टाचार अर्ब  खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य बिरुद्धको अपराध हो।’

उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य बिरुद्धको अपराध भएको बताए। भ्रष्टाचारमा सग्लन कुनैपनि मानिसहरुले उन्मुक्ती
पाउनु नहुने उनको भनाई थियो। 

 नक्कली भूटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने उनले बताए। उनले अपराधमा संलगनहरुलाई राज्य बिरुद्धको अपराध, ठगि, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरू चलाउन आग्रह गरे। 

‘अपराधमा कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु हुँदैन। यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्छ। यो राज्यविरुद्धको अपराध हो,’ लिङ्
देनले भने, ‘यो ठगि र संगठित अपराध हो। सरकारी दस्तखत कृत्य सम्बन्धिको अपराध पनि हो। सबै प्रकारका मुद्दाहरू चलाउनु पर्छ। प्रहरीले खुट्टा नहल्लाओस्।’

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .