ad ad

राजनीति


रेशम चौधरीबारे सर्वाेच्चको फैसलाप्रति बाबुराम भट्टराईको विरोध

‘क्रान्तिकारीले पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्’
रेशम चौधरीबारे सर्वाेच्चको फैसलाप्रति बाबुराम भट्टराईको विरोध

फाइल तस्बिर : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई


नेपालखबर
जेठ ३, २०८० बुधबार ७:३२, काठमाडौँ

सर्वाेच्च अदालतले पनि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका छन्। 

आठ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा जिल्ला र उच्च अदालतको फैसलाबमोजिम रेशमसहितका व्यक्ति जेल जीवन बिताइरहेका छन्। उक्त फैसलाविरुद्ध उनीहरूले दिएको पुनरावेदनमा सर्वाेच्चले पनि मंगलबार जिल्ला र उच्चकै फैसला सदर गरेको हो। 

मुख्य दोषी रेशमसहितको हकमा अभियोग दाबीबाट सफाइ पाऊँ भन्ने पुनरावेदन जिकिर नपुगेको ठहर सर्वोच्चले गरेको छ। 

उक्त निर्णयप्रति आक्रोश पोख्दै डा. भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अदालत र न्यायाधीशले पुराना/विद्यमान कानुन, नजिर, सोच राखेर ‘अपराध’को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन्।’

यसकारण पुरानाका नजरमा रेशम चौधरीहरूले ‘अपराध’ गरिरहने चेतावनी पनि उनले दिएका छन्। 

‘क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्’, उनले भनेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम!!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .