ad ad

कारोबार


टेलिकमको रोमिङ महसुल ४ गुणा घटाइयो, यस्तो छ आजदेखि लागू नयाँ दर

टेलिकमको रोमिङ महसुल ४ गुणा घटाइयो, यस्तो छ आजदेखि लागू नयाँ दर

नेपालखबर
जेठ ३, २०८० बुधबार ८:३, काठमाडौँ

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ महसुल उल्लेख्य मात्रामा घटाएको छ। अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ। 

गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूले रोमिङ महसुल घटाउन माग गरेका थिए। सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन्। 

सो निर्देशपछि लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्यान्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए। 

नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट ७ रुपैयाँ मात्रै शुल्क लाग्नेछ। नेपाल वा अन्य देशका जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट ७ रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ।

यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्थ्यो। 

त्यस्तै थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ। यसअघि यस्तो सेवा लिँदा प्रतिमिनेट १ सय ३५ रुपैयाँ लाग्ने गरेको थियो।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने गरेकामा अब प्रतिमिनेट २५ रुपैयाँ मात्र लाग्ने भएको छ। थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकामा अब १० रुपैयाँ मात्रै लाग्ने छ। 

त्यस्तै भारत र थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा प्रतिएमबी ४० रुपैयाँ लाग्ने गरेकामा अब प्रतिसय केभीको ४९ पैसा अर्थात् प्रतिएमबी ५ रुपैयाँ मात्रै लाग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .