ad ad

राजनीति


सञ्चारमन्त्री बाँस्कोटालाई थप मन्त्रालय, ढकालले नै पाए कानून मन्त्रालय पनि

सञ्चारमन्त्री बाँस्कोटालाई थप मन्त्रालय, ढकालले नै पाए कानून मन्त्रालय पनि

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १२:२७,

सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्।

बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ भने ढकालले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समेत नेतृत्व गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा ती मन्त्रालयहरुको जिम्मेवारी बाँस्कोटा र ढकाललाई दिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा सोहि पार्टीका मोहम्मद् इस्तियाक राईले सरकार छाडेपछि ती मन्त्रालयहरु प्रधानमन्त्रीमातहत रहेका थिए।

प्रधानमन्त्रीले ढकालले नै हेर्दै आएको कानून मन्त्रालयमा यादवलाई पठाएर यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमा ढकाललाई नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .