ad ad

राजनीति


संसदीय समितिको निर्देशन पालना नगर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्छ : लामिछाने

संसदीय समितिको निर्देशन पालना नगर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्छ : लामिछाने

नेपालखबर
जेठ २, २०८० मंगलबार १५:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समितिले निस्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताए।

उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए। उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ। तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निस्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन। कसैलाई फसाउन गरिएको निर्णय हो भने बिरोध गरौँ नत्र भने लागू गरौँ। प्रभावकारी बनाएर हामी जानुपर्छ। निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ।’

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .