ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरणमा अहिले नै अपराधी करार नगरी अनुसन्धान हेरौं : स्वर्णिम वाग्ले (भिडिओ)

भुटानी शरणार्थी प्रकरणमा अहिले नै अपराधी करार नगरी अनुसन्धान हेरौं : स्वर्णिम वाग्ले (भिडिओ)

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा.स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताए। 

अपराध करार गर्नेभन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो। 

‘अब युएनसिएचआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि। अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी भएको हुनाले त्यहाँ पुनर्वासका लागि जानु भएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदुतको चासो चाँही रहला नै,’ वाग्लेले भने, ‘अहिलेलाई मेरो बुझाईमा चाँही विसुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ।’

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अव नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए। 

उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे। 

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविकै हुने पनि बताए। 

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताए। 

‘अब त्यो अनुसन्धान र्‍यापअप हुन ७/८ दिन बाँकी छ। अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषय चाँही यो नाम आएकाहरू, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि चाँही ल्याउनुपर्‍यो,’ वाग्लेले भने, ‘अहिलेनै अपराधी करार गर्ने होइन। तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनुपर्छ। हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ।’

सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .