ad ad

राजनीति


संसदीय सुनुवाइ समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने, कुन दलबाट कति?

टीआरसी विधेयकलाई उपसमिति बनाएर छलफल गरिने
संसदीय सुनुवाइ समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने, कुन दलबाट कति?

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको नेतृत्व गर्ने भएको छ। 

आइतबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको छलफलमा कांग्रेसको नेतृत्वमा १४ सदस्यीय समिती गठन गर्ने सहमती जुटेको हो।

समितिमा कांग्रेसबाट सभापति सहित ५, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबाट १ जना सदस्य रहनेछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं रक्षामन्त्री पुर्णबहादुर खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबिचको छलफलले सो सहमती गरेको हो।

सुनुवाइ समिती गठन नहुँदा प्रधानन्यायाधीश नियुक्ती भएपनी सुनुवाइ हुन पाएको छैन।

‘कांग्रेसको नेतृत्वमा सुनुवाइ समिती गठन गर्ने सहमती जुटेको छ,’ माओवादी प्रमुख सचेतक पाण्डेले नेपालखबरसंग भने, ‘एमालेबाट ५, माओवादीबाट २, रास्वपा र जसपाबाट १-१ जना सदस्य रहनेछन्।’

बैठकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयकलाई छिटो टुंगो लगाउन उपसमिति बनाएर अघि बढाउन दलहरू तयार भएका छन्।

यसअघि एमालेको असहमतिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग बिधेयक अघि बढेको थिएन।

उपसमितिमा लगेर विधेयक टुंगो लागेपछि नेपालको शान्ति  प्रक्रिया निष्कर्षतिर उन्मुख हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .